माओवादीबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

न्युजलय १४ बैशाख २०७९, बुधबार १२:३८ मा प्रकाशित

संखुवासभा । २०७४ सालको निर्वाचनबाट संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षमा निर्वाचित टिकाराम तामाङ नेपाल कम्यूनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन् । 


उनी २०७४ मा माओवादीबाट वडाध्यक्ष पदमा विजयी भएका थिए । माओवादीले वडाध्यक्षको टिकट नदिएको भन्दै रुष्ट बनेका उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले चैनपुर नगर कमिटि अध्यक्ष आषिश शाक्य, एमालेबाट चैनपुर नगरपालिकाका मेयरका उमेदवार कृष्णबहादुर तामाङ लगायतका नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।