नेप्सेमा १७.१५ अंकको गिरावट

न्युजलय २३ साउन २०७९, सोमबार ०९:४३ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सेयर परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.१५ अंकले घट्दै २१०६.१५ अंकमा झरेको हो । 

आज म्यानु एण्ड प्रो र म्युचुअल फन्ड बाहेकका सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.४२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह १।६१ प्रतिशतले घटेको छ । 

यस्तै, विकास बैंक समूहको उपसूचक १.६१ प्रतिशतले घटेको छ भने इनभेष्टमेन्ट समूह १.३८ प्रतिशतले, फाइनान्स समूह १.३१ प्रतिशतले, हाइड्रोपावर समूह १.०४ प्रतिशत र जीवन बीमा समूह १.०३ प्रतिशतले घटेको छ । 

१७ अंकले घटेको बजारमा आज २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।