ए डिभिजन लिगमा आज मनाङ र थ्रीस्टार भिड्दै

न्युजलय २९ माघ २०७८, शनिवार ०२:५७ मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ ।

जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । ५ अंक मात्र रहेको च्यासल अन्तिम स्थानमा छ र रेलिगेसनबाट जोगिन संघर्षरत छ । आजै दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल पनि हुने छ । 

मनाङ ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको त्रिभुवन आर्मी शुक्रबार जावालखेलसँग बराबरीमा रोकिएपछि उपाधि होडमा मछिन्द्रलाई टक्कर दिने क्लबमा मनाङ नै छ ।

थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ । 

कीर्तिमानी आठ पटक लिग जितेको मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । 

आजै विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । खेलाएको थियो ।