काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।
सोमबार(आज) राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सोमबार गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत भरतकुमार रेग्मीलाई इजिप्टका लागि सुशीलकुमार लम्साललाई आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।