उदयपुरमा जीप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०४:४४ मा प्रकाशित

  उदयपुर । उदयपुरको कटारी मरुवामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

सोमवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका कटारी नगरपालिका–८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको उपचारका क्रममा मृत्यु भएको हो । 

कटारी बजारबाट कटारी नगरपालिकाकै –८ मा पर्ने सिरिसे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको जीप आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । 

दुर्घटनामा कटारी नगरपालिका–८ पट्नाभञ्ज्याङकी ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तीकै दीपक श्रेष्ठको सात वर्षीय छोरा दिवश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ, ३६ वर्षीया बेदकुमारी थापामगर घाइते भएका छन्। घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

जीप चालक कटारी नगरपालिका–८ बस्ने २६ वर्षीय प्रेम बहादुर श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।