सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा भारतीय टोली जुट्यो

न्युजलय ६ साउन २०८१, आइतबार ०४:५४ मा प्रकाशित

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र यात्रुको खोजीमा भारतीय टोली जुटेको छ । 

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।   

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेएको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ गइरहेको वाग्मती प्रदेश ०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।

बसमा सवार ६५ मध्ये तीनजना बाँच्न सफल  भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । 

अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ ।