करेन्ट लागेर बालिकाको मृत्यु

न्युजलय ३ मङ्सिर २०८१, सोमबार ०५:३४ मा प्रकाशित

ताप्लेजुङ । विद्युत् प्रवाह भइरहेको तार चुँडेर करेन्ट  लाग्दा घाइते मैवाखोला गाउँपालिका–३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको मृत्यु भएको छ ।

उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साङ्गे शेर्पाकी छोरी मंसिरी विद्यालयबाट घर फर्किरहेकी थिइन् ।

उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत थिइन् । घर फर्कने क्रममा उनलाई पोलबाट झरेको तारले लागेको थियो ।