१४ जना कोरोना संक्रमित थपिए

न्युजलय २ बैशाख २०७९, शुक्रबार ११:१५ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ३ हजार ९०३ नमूना परीक्षण गर्दा थप १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण भएका ३ हजार ३० नमूनामा १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन्।  हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ।