काठमाडौँ । बलिवुडका मेगास्टार अमिताभ बच्चन एक फिल्मको सुटिङका क्रममा गम्भीर घाइते भएका छन् ।
अमिताभ फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन सिक्वेन्स सुटिङ गरिरहेका बेला हैदरावादमा यो घटना भएको हो ।
दुर्घटनापछि फिल्मको सुटिङ रोकिएको थियो । हैदरावादमा उपचार गराएपछि अभिनेता मुम्बईस्थित आफ्नो घर फर्किएका छन् ।
त्यसपछि फिल्मको सुटिङ तत्कालका लागि रोकिएको छ । उनले आफ्नो ब्लगमा आफ्ना फ्यानहरूसँग यो जानकारी साझा गरेका छन् ।
आफ्नो चोटबारे जानकारी दिँदै अमिताभ बच्चनले यो निकै पीडादायी भएको बताएका छन् । उनले आफूलाई हिड्न र सास फेर्न समस्या भइरहेको बताउदै सामान्य अवस्थामा आउन केही हप्ता लाग्ने उल्लेख गरेका छन् ।
अमिताभ बच्चनले स्थिति ठीक नभएसम्म सबै काम रोकिएको लेखेका छन् । चलचित्रको छायांकन पछिका लागि सारिएको छ ।