काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रामचरण नेपाल आउने भएका छन् । रामचरणसहितको टोली नेपालमा छायांकन स्थल अवलोकन गर्न आउन लागेको हो ।
चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । उक्त चलचित्रको छायांकनका लागि अभिनेता रामचरणसहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउन लागेका हो ।
चलचित्रको छायांकन काठमाडौं, मनाङ र मुस्ताङमा गरिने जनाइएको छ ।