नेप्सेमा दोहोरो अंकको वृद्धि

न्युजलय १५ मङ्सिर २०७९, बिहिबार ०९:३७ मा प्रकाशित

काठमाण्डौ । बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ३.५१ अंकले घट्दै १९४९.८५ विन्दुमा झरेको नेप्सेमा आज ११.२२ अंकले वृद्धि हुँदै १९६१.०६ विन्दुमा उक्लिएको हो । 

नेप्से सूचकमा वृद्धि भएसँगै यता कारोबार रकम समेत आज बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ११ अंकमाथिले बढेको बजारमा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा बढी नविल बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ रुपैयाँ बराबरको ९१३ कित्ता सेयर कारोबार भएको छ भने सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।