झापा। बलात्कार आरोपमा झापाबाट ४३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राई छन् ।
राईले २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । उनी आइतबार दिउँसो पक्राउ परेका हुन् । आरोपितले ती युवतीलाई ललाई फकाई साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।
प्रहरी चौकी तोपगाछीको टोलीले पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।