मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा पुनः सुवासश्री पोखरेल नियुक्त

न्युजलय ११ पुस २०८१, बिहिबार ०६:२६ मा प्रकाशित

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा दोस्रो कार्यकालको लागि सुवासश्री पोखरेल नियुक्त भएका छन्।  

कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले पोखरेललाइ उपकुलपतिमा नियुक्त गरेको हो ।  कोशी प्रदेश सरकार स्थापना भएसँगै कोशी प्रदेशमा नेपाल मै पहिलो पटक  प्राविधिक विश्वविद्यालय स्थापना भएको थियो । 

उपकुलपतिमा नियुक्त भएका पोखरेलको कार्यकाल ४ बर्षको हुने छ । एक कार्यक्रमका बिच कुलपति एबंम मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी–५ का  पोखरेललाई  नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा कुलपति कार्कीले नव नियुक्त उपकुलपति पोखरेललाइ शपथ गराएका थिए ।