यस वर्षको ‘वीर गोर्खा पत्रकारिता पुरस्कार’ निलिफा सुब्बा र अर्जुन सुवेदीलाई

न्युजलय ६ बैशाख २०७९, मङ्गलबार ०७:३९ मा प्रकाशित

धरान । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले प्रदान गर्दै आएको वीर गोर्खा पत्रकारिता पुरस्कार यसपालि पत्रकार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई प्रदान गरिने घोषणा गरिएको छ ।

साथै गोर्खा नव प्रतिभा पत्रकारिता पत्रकार पारस राईलाई प्रदान गरिने भएको छ ।

वीर गोर्खा पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। सुब्बा र सुबेदीलाई नगद २५–२५ हजार रूपमा प्रदान गरिने छ । गोर्खा नव प्रतिभा पुरस्कारको राशि २० हजार रुपैयाँ छ । 

अग्रज महिला पत्रकार निलिफा बेलायती गोर्खा सेनाका लागि युकेबाट प्रसारण हुने वीएसबीएफ रेडियोमा आबद्ध छिन् ।

पत्रकार सुवेदी कान्तिपुर टेलिभिजनमा सुनसरीका टिभी रिपोर्टर हुन् भने पारस राई विजयपुर एफएममा आबद्ध छन् ।