घट्यो सुनको मूल्य

न्युजलय २४ चैत २०७९, शुक्रबार ०५:१० मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज)  सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।