बराहक्षेत्रमा प्रेस चौतारीको नगर कमिटी गठन

न्युजलय ८ फाल्गुण २०७८, आइतबार १२:५२ मा प्रकाशित

प्रकाशपुर । बराहक्षेत्रमा प्रेस चौतारी नेपालको नगर कमिटी गठन भएको छ । बराहक्षेत्र ५ कालाबन्जारमा भएको तेस्रो अधिबेशनले लक्ष्मण कटुवाललाई अध्यक्षको जिम्मेवारी तोकेको छ । 


राजन घिमिरे र गंगा कुमारी भट्टराई उपाध्यक्षमा चयन भएका छन् । सचीवमा सुदन गुरागाईँ, सहसचीवमा कमल खड्का, समावेशी सहसचिवमा भुमिका रसाइली, कोषाध्यक्षमा आदेश गौतम र सदस्यहरुमा खड्ग लिम्बू, हरिबहादुर बस्नेत, सृजना थापा, रमेश थापा, रेणुका घिमिरे र विश्व थुलुङ राई चयन भएका हुन् । 


सल्लाहकारहरुमा अर्जुन श्रेष्ठ, सुमन बिकल, नवराज बिष्ट र प्रदीप कुमार चौधरीलाई मनोनीत गरेको छ । 


निवर्तमान अध्यक्ष बिमला घिमिरेको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय कमिटी उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रदीप कुमार चौधरीलाई आदिवासी जनजाती पत्रकार महासंघको सचीव भएकोमा बधाई तथा अन्य तीन जना पत्रकारहरु केशव घिमिरे, भीषण राई र अबिजाल बिष्टलाई नगद पाँच हजरसहित सम्मान गरिएको हो । 


कार्यक्रममा प्रमुख अतिथि भट्टराई सहित प्रदेश प्रतिनिधि नवराज बिष्ट, प्रेस चौतारीका केन्द्रिय सदस्यहरु देवेन्द्र कार्की, सन्तोष काफ्ले, नेकपा एमालेले जिल्ला उप सचीव योग्यराज खड्का, प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, स्थानीय राजनीतिकर्मी राजेन्द्र कार्की, देवेन्द्र बिष्ट लगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।