सुन्दरहरैंचामा अचेत भेटिएकी २१ महिने नाबालिकाको उपचार क्रममा मृत्यु, बलात्कारको आशंका

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ०५:३२ मा प्रकाशित

विराटनगर । मोरङ सुन्दरहरैंचा–७ की २१ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको छ ।

घरबाट शुक्रबार अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।

घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।

बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो भने उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको सुन्दरहरैंचा–७ का वडाध्यक्ष चैतन्य सिटौलाले बताए । 

उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको बताए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।