एजेन्सी । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन् ।
मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन् । युरो २०२४ को छनोटअन्तर्गत पोर्चुगलले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ ।
प्रशिक्षक मार्टिनेजले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको र आफूले खेलाडीको उमेर नहेरी अनुभव हेर्ने बताए । मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताए।
पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ । त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ ।
रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा १ सय १८ गोल गरेका छन्।