काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि सोमबारदेखि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने जनाएको छ।
प्रयोगकर्ताहरुले सोमबार साँझ ६ बजेपछि नयाँ अनलाइन प्रणालीमार्फत् लाइसेन्सका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ।
विभागले यसअघि परेका सबै अनलाइन आवेदनहरु रद्द गरिएको पनि जानकारी दिएको छ। वर्ग थपका लागि भने अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जानकारी दिएको छ।