इटहरी । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफ्नो लोकप्रीयता देख्न नसकेर लखेट्ने प्रयास भएको आरोप लगाएका छन् ।
आइतबार गाउँपालिकामा गत माघ १६ गते भएको घटनाका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हुँदै नभएका लान्छना लगाएर आफूलाई प्रभाव पार्न खोजेको बताएका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टी नेपालले कोशीका गरेको क्रियाकलाप नै अव्यवहारीक भएको उनको भनाइ छ । यदि आफूले गरेको कामका सन्दर्भमा चित्त नबुझे वैधानीक र व्यवहारीक तरिकाले प्रतिकार गर्न उनले अनुरोध गरेका छन् ।
‘आज म लोकप्रीय हुँदै गएको छु । मलाई लखेट्ने प्रयास भयो’, अध्यक्ष अन्सारीले भने, ‘मलाई कोशीको जनताले सेवा गर्न योग्य ठान्दैन भने, लखेट्न चाहन्छ भने म घर बस्न तयार छु ।’
तर कुनै पार्टीलाई मोहरा बनाएर नगरेको गल्तिलाई पनि अध्यक्षले गल्ति गरेको हो भन्दै नहिड्न र अव्यवहारीक तरिकाले त्यसको प्रतिकार नगर्न उनले सुझाएका छन् ।
यदि आफूले गल्ति गरेको भए प्रमाणसहित जनता कहाँ गएर त्यसको कानूनि उपचार खोज्न पनि उनले अनुरोध गरेका छन् । ‘विपक्षि दलका साथीहरु तपाइँहरु प्रमाण लिएर जानुस् जनताको मा’, उनले भने, ‘तपाइँहरुले प्रमाणसमेत कुरा गर्नुहोस् ।
यो यो ठाउँमा गरेको छ भनेर भन्नुस् । मुखले भनेर हुँदैन ।’ आन्दोलन जनमत पार्टीको नाममा भए पनि त्यसमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकता सामेल रहेको उनको भनाई छ ।