काठमाडौं । पछिल्लो समय अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’को निकै चर्चा छ । सुकुमारको निर्देशनमा बनेको यस फिल्मले शुरुवात देखि नै राम्रो कमाइ गरेको छ । दुई दिनमै एक सय करोड कमाई गरेको यस फिल्मले चार दिनमा विभिन्न भाषामा रेकर्ड ब्रेक गरेको छ ।
सर्वाधिक कमाई गर्दै यो फिल्म कोरोना कालमा बढी कमाई गर्ने फिल्म पनि बनेको छ । यस फिल्मले भारतमा मात्र १ सय २० करोड भारु कमाई गरेको भारतिय मिडियामा जनाइएको छ । यस्तै फिल्मले अन्तर्राष्ट्रिय बजारमा २० करोड कमाएको छ । शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा विश्वभर १ सय ४० करोड कमाई गरेको छ ।
यस फिल्मले पहिलो दिनमा नै ७१ करोड कमाएको थियो भने अर्कोतिर फिल्मले ४५ करोड कमाएको थियो । रक्त चन्दन तस्करी कथामा निर्माण भएको यस फिल्मलाई नेपालमा पनि निकै रुचाइएको छ ।