इजरायलबाट २५३ नेपालीलाई लिएर जहाज फर्किँदै

न्युजलय २५ असोज २०८०, बिहिबार १०:५० मा प्रकाशित

काठमाडौ । इजरायलबाट दुई सय ५३ जना नेपालीलाई उद्धार गरिएको छ । नेपाल वायुसेवा निगमको जहाज इजरायलस्थित तेल अभिभ विमानस्थलबाट फर्किएको हो । जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।


परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए।


इजरायलमा चार हजार पाँच सय जना नेपाली कामदार (केयर गिभर) छन् । उनीहरू सुरक्षित छन् ।


दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो ।