सुनको मूल्यमा सामान्य वृद्धि

न्युजलय २६ फाल्गुण २०७९, शुक्रबार ०५:०३ मा प्रकाशित

काठमाडौँ । शुक्रबार(आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।