पहाडमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

न्युजलय १२ कार्तिक २०७८, शुक्रबार ०१:२७ मा प्रकाशित

काठमाडौँ । आज (शुक्रबार) देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।


राति पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


शनिबार पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।