इटहरीमा १ दिने शैक्षिक मेला हुँदै

न्युजलय ४ माघ २०७८, मङ्गलबार १०:२७ मा प्रकाशित

इटहरी । इटहरीमा १ दिने ‘शैक्षिक मेला २०७८’ आयोजना हुने भएको छ । हिमाअस एजुकेसन कन्सल्टेन्सीको आयोजनामा माघ पाँच गते शैक्षिक परामर्श मेला गर्ने भएको हो । इटहरी शाखा कार्यालयमा हुने मेलामा अस्ट्रेलियाका विभिन्न प्रतिष्ठित विश्वविद्यालय एवं कलेजहरुका प्रतिनिधिहरुले प्रशिक्षण दिनेछन् ।

उच्च शिक्षा हाँसिल गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरि विस्तृत जानकारी दिने उद्देश्य सहित मेला आयोजना गरिएको हिमाअसका इटहरी शाखा प्रमुख सविन घिमिरेले  बताए ।  ‘हाम्रो यो फेयरमा अष्ट्रेलियाका कलेजहरुका प्रतिनिधिहरु आउँने सेडुअल छ । यस मेलामा विद्यार्थीहरुले प्रत्यक्ष भेटेर जिज्ञासा मेटाउन सक्नेछन ।’

मेलामा सक्षम विद्यार्थीहरुलाई कलेज भर्नासँगै छात्रवृत्ति अफर गर्न समेत मौका दिईने बताइएको छ । इटहरीमा स्थापना भएको छोटो समयमै हिमाअसले इटहरी र आसपासका दर्जनौं विद्यार्थी तथा अविभावकहरुको मन जित्न सफल भएको छ । हिमाअसले उच्च शिक्षाको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि हरेक वर्ष शैक्षिक मेला आयोजना गर्दै आएको छ ।

हिमाअसमार्फत् देशभरबाट दुई वर्ष अवधिमा ५ सय बढि विद्यार्थीहरुले अष्ट्रेलियामा उच्चशिक्षासँगै रोजगारको अवसर पाईसकेका छन । ‘हाम्रो अष्ट्रेलियामै स्किल कनेक्ट नामक संस्था भएकाले त्यहाँ पुगिसकेपछि रोजगारको लागि सहज हुन्छ’, उनले भने, ‘आफ्नै संस्था भएकाले पढाईसँगै विद्यार्थीले जागिर खोज्न भौतारिन पर्दैन ।’

हिमाअस इटहरी शाखामा आईईएलटीएस्को कक्षा समेत सञ्चालन गरिँदै आएको छ । हिमाअसको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ त्यसैगरि नेपालको काठमाडौ, पोखरा र इटहरीमा छ ।