रेशम चौधरीले बनाए टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक

न्युजलय ७ भदौ २०८०, बिहिबार ०७:४६ मा प्रकाशित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्।

टीकापुर घटना भएको आठ वर्ष पुगेको दिनमा नाबालिक टेकबहादुर साउँदको शालिक अनावरण गरिएको हो। 

बिहीबार टीकापुरमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउँद, बुवा नेत्र साउँदलगायत परिवारजनले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन्।

पूर्व सांसद चौधरीकै पहलमा शलिक निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी र नाबालक टेकको ज्यान गएको थियो।