इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
२३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज २७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ११९ महिला र १५७ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।