दमकका मेयर उम्मेदवार राम थापा अस्पताल भर्ना

न्युजलय २९ बैशाख २०७९, बिहिबार ०६:३६ मा प्रकाशित

काठमाडौं । ६ दलको  गठबन्धनको तर्फबाट झापाको दमक नगरपालीकामा मेयर पदको उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्वस्थ भएपछि  अस्पताल भर्ना भएका छन्।

बिहीबार(आज) बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

प्रतिष्ठानका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ। उनको आजै अपरेसन हुँदैछ।