इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
१ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २(२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १(१ र प्रदेश १ बाहिरका ५० जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५१५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।