उखुबारीका खाल्डामा दुई वटा शव फेला

न्युजलय १३ माघ २०७८, बिहिबार ०९:४५ मा प्रकाशित

विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका–७ उँखुबारीमा दुई वटा लास भेटिएको छ । 

छुट्टाछुटै दुई वटा खाल्टो खनेर गाढिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

२० मिटरको दूरीमा खनिएका खाल्टाभित्र हिजो एक र आज अर्को गरि प्रहरीले दुई वटा शव निकालेको छ ।

बुधबार (हिजो) दिउँसो स्थानीयले उँखुबारीभित्र दुई शंकास्पद खाडल देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरीले उत्खनन गर्दा जमिनबाट पाँच फिट मुनी शव फेला परेको हो ।

हिजो फेला परेको शव अन्दाजी ३५ देखि ४० वर्ष उमेर समूहको पुरुषको हुनसक्ने प्रहरीले जनाएको छ ।  

शव गलिसकेकाले अहिले नै केही भन्न मिल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । आज निकालिएको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारीमा भैरहेको छ ।