विवाह बन्धनमा बाँधिए खेलाडी करण र वर्षा

न्युजलय १२ फाल्गुण २०८२, मङ्गलबार ०७:०४ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन्।

गत फागुन ८ गते भारतको चण्डीगढमा सीमित पारिवारिक जमघटबिच उनीहरूले विवाह गरेका हुन्।

मंगलबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनीहरूले वर्षौँदेखिको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिएका छन्। 

त्यस्तै, वर्षाले यसलाई जीवनको सबैभन्दा सुन्दर अध्याय भन्दै लेखेकी छिन् ।