गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०७:०४ मा प्रकाशित

 काठमाण्डौ । नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महत आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो । 

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा महतको मृत्यु भएको जनाइएको छ ।