थप एक जना कोरोना संक्रमितको मृत्यु

न्युजलय २६ माघ २०७८, बुधबार ०५:११ मा प्रकाशित

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ७४ वर्षीय पुरुषको बुधबार(आज) बिहान मृत्यु भएको हो।

आईसीयूमा राखेर उपचाररत उनको मृत्यु भएको अस्पतालले जनाएको छ। उनी कोरोना पुष्टि भएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए।