दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

न्युजलय २७ फाल्गुण २०८०, आइतबार ०७:२३ मा प्रकाशित

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सकारमा चार जना उपप्रधानमन्त्री बनेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको सपथ लिएसंगै दाहाल नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री बनेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र,रास्वपा र जसपा गठबन्धनको सरकारमा यसअघि उपप्रधानमन्त्री तथा भौतिकमा रघुविर महासेठ, उपसहित परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र उपसहित गृहमा रवि लामिछानेले सपथ लिइसकेका छन् ।

उपप्रधानमन्त्रीको वरियतामा पहिलो नम्बरमा महासेठ, दोस्रोमा श्रेष्ठ,तेस्रोमा लामिछाने र चौथोमा यादव छन् । आइतबार यादवसहित नवलकिशोर साहले वनमन्त्रीको रुपमा सपथ लिएका छन् ।