काठमाण्डौ । आइतबार (आज) सुन चाँदीको भाउ बढेको छ ।
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ तोकिएको छ ।