इन्द्रसरोबरमा सुमो दुर्घटना : १२ भारतीय सहित १३ जना घाइते

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०२:२२ मा प्रकाशित

मकवानपुर । मकवानपुरको इन्द्रसरोबरमा मंगलबार बिहान टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 


बिहान ३ः३५ बजेको समयमा वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन् ।


उनीहरुलाई उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।