नेप्से सूचक ३२ अंकले बढ्यो

न्युजलय ११ मङ्सिर २०७९, आइतबार ०९:२३ मा प्रकाशित

काठमाडौं  । आइतबार(आज) नेप्सेमा ३२ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको हो । 

बजारमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन २ अर्ब २ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर कारोबार भएको हो । 

आज सेयर बजारमा म्युचुअल फन्ड बाहेकका १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक आज ३.०७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ ।