हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लग्छः मुख्यमन्त्री राई

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०९:४० मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताएका छन् ।

मंगलबार(आज) मुख्यमन्त्री राईले आगामी माघ २० गते बस्ने प्रदेशको नवौँ हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगोमा पुर्याउने बताए ।

सोमबार प्रदेश २ को नाम र राजधानी टुंगोमा पुगेसँगै ७ प्रदेशमध्ये प्रदेश १ को नाम र राजधानी तोकिन बाँकी रहेको छ ।