विराटनगर । मोरङमा पक्की पुलबाट खस्दा एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
जहदा गाउँपालिका–४ का ३५ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेका ऋषिदेव शुक्रबार साँझ विराटनगर–रामचोक पक्की सडकखण्डअन्तर्गतको लोहन्द्रा खोलामाथिको पक्की पुलबाट खसेका हुन् ।
पुलबाट खसी गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले ऋषिदेवले अत्यधिक मदिरा सेवन गरेकाले पुल तर्ने क्रममा अनियन्त्रित भई पुलबाट खसेको बताएको छ ।