दैलेखमा निस्सासिएर आमा छोराको मृत्यु

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार १०:२८ मा प्रकाशित

काठमाण्डौ । दैलेखमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।

ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश वादी घरभित्र मृत फेला परेका हुन्।

बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको छ भने १८ वर्षीय रमेशको हात जलेको छ।

पोलिएर भन्दा पनि धुवाँ धेरै भएर निस्सासिएर मृत्यु भएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।