आज पनि संसदमा एमालेको नाराबाजी

न्युजलय ७ पुस २०७८, बुधबार ०७:२२ मा प्रकाशित

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औं अधिवेशनको तेस्रो बैठक बुधबार(आज) बसिरहेको छ ।

पहिलो र दोस्रो बैठकमा जस्तै आज बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौं अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औं अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन् ।