सुपरमाई हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०१:४४ मा प्रकाशित

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।


आईपीओ निष्काशनको लागि कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।