मिटर ब्याजीविरुद्ध मोरङमा ३७ वटा उजुरी

न्युजलय ६ भदौ २०७९, सोमबार ०७:५९ मा प्रकाशित

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजीका कारण ठगिएको भन्दै ३७ वटा उजुरी परेका छन् ।

सरकारले मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेपछि मोरङमा ३७ जनाले उजुरी गरेका हुन् । मिटरब्याजीको गिरोहविरुद्ध कारबाही गर्न सरकारले कार्यदलले बनाएको छ ।

गृहमन्त्रालयले सार्वजनिक सूचना निकालेपछि मिटरब्याजीबाट ठगिएको उजुरी परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

जिल्लामा परेका उजुरीमध्ये केही प्रमाणसहित छन् । केही भने ठाडो निवेदन मात्रै छन् ।