मोरङ । विराटनगरस्थित कोशी अस्पतालको निमित्त मेडिकल सुप्रिटेन्डेन्टमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव नियुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अस्पतालको निमित्त मेसुमा नियुक्त गरेको हो। डा. यादव अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन्।
पदीय जिम्मेवारी पाएपछि उनले अस्पतालमा देखिएका समस्यालाई सक्दो न्यून गर्नेतर्फ आफू केन्द्रित रहने प्रतिक्रिया दिए।
यसअघि गत वर्ष फागुनमा हाडजोर्नी विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेडिकल सुप्रिटेन्डेन्टको जिम्मेवार दिइएको थियो।
यादव २०७१ सालदेखि कोशी अस्पतालमा कार्यरत छन्। कोभिड १९ महामारीको समयमा अग्रभागमा खटिएका यादवले अस्पतालको प्रवक्ताको जिम्मेवारीवहन गरिसकेका छन्।
२०५८ सालमा लोकसेवाबाट नाम निकालेपछि पहिलो पोस्टिङ उनको धनुषाको प्राथमिक स्वास्थ्य चौकीमा भएको थियो। यादवले २०६६ सालमा
काठमाडौँस्थित वीर अस्पतालबाट एमडी गरेका थिए।