धरान । धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले स्थानीय पत्रकार रश्मि प्रधानमाथि हातपात गरेका छन् ।
‘कपुरी न्युज’मा आबद्ध प्रधानको मोबाइल खोस्ने क्रममा हातपात गरेका हुन् ।
धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना गर्न लागेको ‘धरान डे’ मेलाको विषयमा समाचार सङ्कलन गर्न पुगेकी प्रधानलाई हातपात गरेका हुन् ।
स्टलहरू बनाईरहेको ठाउँमा वादविवाद भइरहेको देखेपछि भिडियो खिँच्दा ‘तैंले भिडियो खिचेको ?’ भन्दै एक्कासि हातपात गर्दै मोबाइल खोसेर अश्लील गाली गलौज गरेको पत्रकार प्रधानले बताइन् ।
घटनापछि नेपाल पत्रकार महासंघ सुनसरी र प्रेस सेन्टर नेपालले विज्ञप्ती जारी गर्दै दोषीहरुमाथि कारवाहीको माग गरेको छ ।