नेप्से २३.५२ अंकले घट्यो

न्युजलय २४ कार्तिक २०७९, बिहिबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १९ सयभन्दा तल झरेको छ । 

२३.५२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । बुधबार १ अर्ब ४० करोडको कारोबार भएकोमा आज १ अर्ब ११ करोडमा सीमित रह्यो ।

कुल १३ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ४८, फाइनान्स ३८, होटल तथा पर्यटन २८, जलविद्युत् ४१, जीवन बीमा ६९, उत्पादन ६३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ८८, अन्य ३३ र ब्यापार उपसमूह २१ अंक घटे ।