लेटाङमा झडपले उग्र रुप लिएसँगै कपर्यु आदेश जारी

न्युजलय ७ चैत २०७८, सोमबार ०१:२३ मा प्रकाशित

इटहरी । मोरङको लेटाङमा कपर्यु आदेश जारी गरिएको छ । मोरङको लेटाङ ५ खेरुवामा रहेको शिक्षा विकास माबिका शिक्षकले कक्षा ६ मा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि कपर्यु आदेश जारी गरिएको हो।


होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षा विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको पिडित १२ वर्षीया बालिकाले बताएकी थिइन् । 


मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्यु लगाइएको हो।