काठमाडौं । कीर्तिपुरमा जारी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपाल विरुद्ध यूएईले आक्रामक ब्याटिङ गर्दै ३११ रनको विशाल लक्ष्य दिएको छ ।
यूएईले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोडेको हो । यूएईका आसिफ खानले अविजित अर्धशतक बनाए भने आरित्य अरविन्दले ९४ रन बनाए ।
आजको खेलमा नेपाली बलरहरु निकै महंगो सावित भए । ललित राजवंशी तथा दिपेन्द्र सिंह ऐरी बाहेक बाँकी सबै बलरहरुले प्रसस्त रन दिए । ललितले १० ओभरमा २७ रन दिएर एक विकेट लिए भने ऐरीले ८ ओभरमा १९ रन दिएर २ विकेट लिए ।
सोमपाल कार्मीले ९ ओभरमा ७४ रद खर्चेर एक विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा ८० रन दिँदै एक विकेट लिए । कुशल मल्लले ४ ओभरमा विकेटविहिन् रहँदै ३८ रन दिए भने गुल्शन झा पनि विकेटविहिन हुँदै ८ ओभरमा ६३ रन दिए ।