गाँजामाथिको प्रतिबन्ध फुकाउने सरकारी योजना

न्युजलय २४ माघ २०७८, सोमबार १०:१५ मा प्रकाशित

 काठमाण्डौ  । सरकारले गाँजामाथिको प्रतिबन्ध फुकाउने योजना बनाएको छ । 

गृहमन्त्रालयमा सोमवार(आज) आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाँजामाथिको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् । 

गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले बताए । 

औषधि व्यवस्था ऐन २०३३ मा औषधीय प्रयोजनका लागि गाँजा प्रयोग गर्न पाइने उल्लेख छ ।

औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाँजा प्रयोग गर्नका लागि अनुमति मागेका छन् । 

गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन् । 

आयुर्वेदिक उपचारमा गाँजाको प्रयोग हुने भन्दै अभियन्ताहरूले गाँजामाथिको प्रतिबन्ध फुकाउन माग गर्दै आएका छन् ।