देशभर आज थप ९ जनामा कोरोना पुष्टि

न्युजलय १८ जेठ २०७९, बुधबार ०१:२९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४७ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन्। 


आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ। आइसियूमा र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ। सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ।